About Me

header ads

कालापानीमा भारतीय सेनाको हवाई गस्तीले स्थानीयवासी त्र’सि’त

काठमाडौं। भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गर्दै नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो देशमा पारेपछि नेपालमा चर्को वि’रोध भइरहेको बेला भारतले नेपालको कालापानी क्षेत्रमा दिनहुँजसो हेलिकप्टर गस्ती बढाएको छ ।

नेपालमा सीमा मिचिएको विषयमा देशव्यापी वि’रोध भइरहँदा कालापानी लगायतको क्षेत्रमा दिनहुँ भारतीय वायुसेना र उच्च सैन्य अधिकारीहरुले निरीक्षण गरिरहेका छन् । यतिमात्रै होइन नेपाली भूमि अति’क्रमण गरेर भारतीय पक्षले सुरक्षा फौज नै बसाएको छ ।

पछिल्लो समय अतिक्रमित क्षेत्रमा भारतीय सेनाको उपस्थिति मात्रै होइन, दिनहुँ भइरहने हवाई गस्तीले स्थानीय बासिन्दा त्र’सि’त बनेका छन् । स्थानीय समाजसेवी शंकर धामीले दिनहुँ भइरहेको हवाई गस्तीले हवाई यु’द्धकै तयारी भइरहेको होकी भन्ने त्रा’स र अनुभूति दिएको बताउँछन् । धामीले नेपालको आफ्नै भूमिमा पनि उपस्थिति देखाउन नसक्दा भारतीय सुरक्षाकर्मीको दा’दा’गिरी चल्दै आएको बताए ।

कालापानी क्षेत्रमा भारतले सीमा सुरक्षा बल (एसएसबी) र इन्डो तिब्बतियन बोर्डर पोलिस(आईटीबीपीं)को सुरक्षा दस्ता तैनाथ गरिएको जानकारी यसअघि नै सार्वजनिक भएको विषय हो ।

उत्तराखण्ड राज्यको पिथौरागढमा केही महिनाअघि मात्रै नैनीसैनी विमानस्थल सञ्चालनमा आएको छ । धामीका अनुसार नेपाल र चीनको सीमानजिकै रहेको यो विमानस्थलमा भारतीय वायु सेनाको ल’डा’कु विमानको नियमित उडान भइरहेको छ ।

यस्तै पिथौरागढदेखि ९२ किलोमिटर सडकमार्गको दूरीमा रहेको धार्चुलाभन्दा उत्तरतर्फको भूभागमा केही दिन बिराएर लडाकु विमानले गस्ती पनि गर्दै आएको छ । पिथौरागढको नैनीसैनी विमानस्थलबाट १५ किलोमिटरको हवाई रेञ्जमा भारतीय वायुसेनाको लडाकु विमानले उडान गरिरहेकोबारे भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समेत समाचार प्रकाशित गरेको छ ।



from " Smart Khabar " https://ift.tt/32ICNGZ

Post a Comment

0 Comments