About Me

header ads

कुकुर र बाँदरसँग टाँसियो ‘प्रचण्ड’का घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको फोटो

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको स्थानियले स’र्बत्र बि’रोध गरेकाछन।

ललितपुरको खुमलटारस्थित अधिकारीको घरमा प्रचण्डले डेरा लिएपछि उनले सरकारी काममा ढि’लासुस्ती गर्दैै आएको आ’रोप छ। प्रचण्डको आडमा उनी सरकारको का’लोसूचीमा पर्नबाट समेत ब’च्दै आएका छन् ।

प्रचण्डको पावर दु’रुपयोग गरेर ठेकेदार अधिकारीले काम नगरेपछि जनताले उनलाई का’लोसूचीमा राखेका छन् ।नगरकोट क्षेत्रमा ठेकेदार अधिकारीलाई का’लोसूचीमा राख्दै जताततै उनको फोटो कु’कुर र बाँ’दरसँग टाँसिएको छ ।

निर्माण कम्पनी सैलुङ कन्सट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारीले सडक निर्माण नगरेपछि आ’क्रोशित स्थानीयले अधिकारीको बे’इ’ज्जत गरिदिएका छन् । नगरकोटका स्थानीय तथा पर्यटन व्यवसायीले अधिकारीको फोटो बनाएर स्थानीय स्तरमा बे’इ’ज्जत गरेका हुन् ।

भक्तपुरको कमल विनायकदेखि नगरकोटको भट्टेडाँडासम्म सडक का’लोपत्रे गर्ने ठेक्का अधिकारीले पाएपनि उनले काम नगर्दा सर्वसाधारणलाई समस्या भएको छ ।

सडक नबन्दा स्थानीय र पर्यटक आ’जित भएपछि ठेकेदार अधिकारीको फोटो सडकका पोलदेखि सार्वजनिक तथा निजी सवारीसाधनमा समेत टाँसिएका छन् ।अधिकारीको फोटोलाई बाँ’दर र कु’कुरको फोटोसँगै जोडेर बनाइएको छ भने सबैतिर टाँसिएको छ ।

नगरकोटको बाटो बनाउनका लागि सैलुङ एआईपीएल जेभीसँग ३१ करोड ५२ लाख ९२ हजार २ सय २० रुपैयाँमा सम्झौता भएको थियो । सम्झौता अनुसार ठेकेदारले २०७३ असार ४ गतेसम्म काम पूरा गर्नुपर्ने थियो । अधिकारीले समयमै काम गर्न छाडेर पटक–पटक म्याद थप गराउँदै आएका छन् ।

श्रोत–मिडिया डबली



from " Smart Khabar " https://ift.tt/2Qo8Byz

Post a Comment

0 Comments