मदनकृष्णले “हाम्रो मित्रता एउटा इतिहास हो” भने हरिबंशको जन्मदिनमा…हाँस्य कलाकार हरिवंश आचार्य*को ६३ औं जन्मदिनको अवसर पारेर रेडियो अडियोले आयोजना गरेको कार्यक्रममा नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका अधिकांश परिचित अनुहारको उपस्थिती थियो । नयाँ बाँनेश्वरमा आयोजना भएको जन्मदिन सेलिव्रेश कार्यक्रममा हरिवंश भावुक देखिए । छेउमै रहेका साथी मदनकृष्ण श्रेष्ठको कुरा सुनिसकेपछि हरिवंशले भने– ‘मलाई पहिले–पहिले मह संचार भनेको थोरै मानिसहरुको समुह मात्र लाग्थ्यो । तर, अहिले त मह संचार सबैको परिवार भएको छ ।
यसको लोकप्रियता*लाई अब कसैले पनि कम आँकलन गर्न सक्दैन । नेपाली चलचित्र क्षेत्रमा नै हाँस्य चलचित्रको रस गडेको भन्दै हरिवंशले यो कुराले आफूलाई झनै उर्जा मिल्ने बताए । उनले, चलचित्र क्षेत्रका लागि सुनौलो यूग सुरु हुन लागेको समेत तर्क गरे । क्लिन फिड लाग्नु, विदेशी चलचित्रमाथि कोटा प्रणालीको कुरा आइरहनुले पनि अब यो क्षेत्र झनै बलियो हुने उनको दाबी थियो ।
अहिले यूग प्रविधीको यूग भएको भन्दै हरिवंशले अहिलेका हाँस्य कलाकारहरुबाट आफूहरुले धेरै कुरा सिक्ने बताए । उनले भने–‘हामीले कसैको सफलतामा डाहा गर्ने भन्ने कुरा नै आउँदैन । अहिले त जो सफल भएपनि हामीहरु नै सफल भएजस्तो लाग्छ ।’
हरिवंशले मह संचार र मह जोडीको बिषयमा कुनै न कुनै व्यक्तिलाई लेख्न करै लाग्ने दाबी समेत गरे । यस्तै, मह जोडीका ‘म’ अर्थात मदनकृष्ण श्रेष्ठले आफू र हरिवंशको मित्रता एउटा इतिहास भएको बताए । उनले भने–‘मेरो र हरिवंशको मित्रतालाई अब कसैले पनि छुटाउन सक्दैन । अब, जती बर्ष यो मित्रता रहन्छ एउटा इतिहास बनेर रहन्छ ।
from " Smart Khabar " https://ift.tt/2q1Tno7

0 Comments