About Me

header ads

आलमको विपक्षमा बहस गर्ने वकिललाई सुरक्षा थ्रे’ट

काठमाडौ। ब*म वि*स्फो*ट*का घाइतेलाई इँ-टा-भ-ट्टा-मा ज-ला-एर ह-त्या गरेको आरोप लागेका नेपाली काँग्रेसका सांसद मोहम्मद आफताब आलमविरुद्ध बहस गर्ने वकिल र घ-टनाका साक्षीलाई सुरक्षा थ्रे-ट रहेको वकिलहरूले बताएका छन्।

सुरक्षा थ्रे’टका कारण उक्त घ’टनाका साक्षीले बयान दिन मानिरहेका छैनन्। पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक युवराज संग्रौलाले सुरक्षाको कारण घ’टनाका साक्षीहरुले बयान बद्ली रहेको बताएका छन्।

उनले आलमको दबदबाका कारण सुरक्षा निकाय समेत हरदम सतर्क रहनु पर्ने अवस्था रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्,बहस सकियो। कुमार शर्मा अचार्य मैले १ घण्टा २० मिनेट बहस गर्यौँ।

आलमजीको दबदबा त गजबै लाग्यो। दुई दिनसम्म सर्वसाधारण मानिसका कुरा सुनियो। अरूको त के कुरा सुरक्षा निकायहरू हरदम सतर्क। घरमा गएर समात्न त प्रहरीलाईलाई सम्भव भएनछ।

उनले पहिलो पटक सुरक्षा थ्रे’टको कारण प्रहरीको सुरक्षामा बसेर बहस गर्नु परेको समेत बताएका छन्। राज्यका पदमा बस्नेहरूका विरुद्ध गाउँका सामान्य मानिसलाई न्याय माग्न कति कठिन रहेछ भन्ने कुरा यस घ’टनाले देखाएको उनको भनाइ छ।

मानिसहरू आगोमा हालिएका छन्, त्यो पनि इ-टा-भ-ट्टामा। हिजो बहस शुरुभयो, तर बहस सुरु हुनु अगाडि नै एकजाना साक्षी बयान बदल्न बेन्च आइपुगे।

पहिलो चोटि प्रहरीको सुरक्षामा बसेर बहस गर्नु पर्ने अवस्था। वकिलहरू बसेको वरिपरि सबैतिर प्रहरी। राज्यका पदमा बस्नेहरूका विरुद्ध गाउँका सामान्य मानिसले न्याय माग्न त कठिन रहेछ उनले फेसबुकमा लेखेका छन्



from " Smart Khabar " https://ift.tt/2CAehgG

Post a Comment

0 Comments