बाँके कोहलपुर प्रहरीले पेस्तोलसहित ६ जनालाइ पक्राउ गरेको छ । पक्राउ परेका तरुणदलका नेपालगन्ज नगर सभापति सन्दिप जंग शाहलाइ ह’तियार सहित प्रहरीले पक्राउ गरेको हो । बेलुका ८ : ३० को समयमा बाँके उपमहानगरपालिका बाट उनीहरुलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेपालगंज उपमहानगरपालिकाको वाड नम्बर २० स्थति नमस्ते भिलेज रिसोर्ट भित्र पुर्व तर्फको कार पार्किङ् एरियामा पार्किङ्ग गरि राखेको मारुती सुजिकी कार बाट ह’तियार सहित सन्दिप जंग शाह पक्राउ परेका हुन् ।

कारमा चेक जांच गर्दा उक्त कारको ड्राइभर सिटको मुनि लुकाई राखेको अवस्थामा पक्राउ गरेको थियो । उनि पक्राउ परेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेम शाही ले पुष्टी गरेका छन । शाहीको नेतृत्वमा पुगेको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका शाह को साथ बाट अटोमेटिक पेस्तोल मेडीन युएसए लेखेको पेस्तोल १ थान र २ राउण्ड गो लि लोड गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्ने ५ जना ४० वर्षको दिनेशकुमारी शाही, ५४ वर्षको राघव शाह, ३५ वर्षकाे पृतम थापा र माधव नेपाली, यामबहादुर बुढा मगर रहेका छन । डिएसपी शाही कोहलपुर इलाका प्रहरीको नेत्रित्वमा आएपछि यहाँका गुण्डा, तस्करीहरुको भागाभाग बानेका छन् ।



from " Smart Khabar " https://ift.tt/2putTiN